Logo

ग्लोबल आईएमई क्यापिटलले अनलाईन सेवा मात्र दिने



काठमाडौं, ३० बैशाख । ग्लोबल आईएमई क्यापिटलले अनलाईन सेवा मात्रै दिने भएको छ । कर्मचारीहरु कारोना संक्रमित भएपछि क्यापिटलले बुधबार एक सुचना प्रकाशित गर्दै अनलाइन बाहेकका कुनै पनि सेवा दिन नसक्ने बताएको हो ।

क्यापिटलले घरमै बसी लिन तथा दिन सकिने सेवा सम्बन्धी कार्यमा गर्नको लागि आग्रह गरेको छ । भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने कार्य गर्ने तथा सो मा यस कम्पनीको समेत भौतिक रुपमा संलग्नता हुनुपर्ने कार्य गरेमा सो को जिम्मेवारी ग्राहक आफैले लिनुपर्ने समेत क्यापिटलले सूचनामार्फत जानकारी गराएको छ ।

डिम्याट खाता र मेरो सेयर नविकरणको लागि ९८६१५९६५६८ मा ह्वाट्सएप, भाईबर र एसएमएसबाट समेत सम्पर्क गर्न सक्नेछन् । त्यस्तै, मेरो सेयरको पासवर्ड रिसेट गर्नको लागि ९८६१५९६५६८ मा र मर्चेण्ट बैंकिङग (सेयर रजिष्ट्रार) सम्बन्धीको लागि ग्राहकले ९८१३९८७३८५ नम्बरमा ह्वाट्सएप, भाईबर र एसएमएसबाट सम्पर्क गर्न सकिने क्यापिटलले जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्