Logo

चार नेतामाथिको कारबाही फुकुवापछि योगेशले भने : अब सहमति बनाउन लाग्नुपर्छ



काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) का नेता तथा सांसद योगेश भट्टराईले हिजो गल्ती भएको भन्दै त्यसलाई सच्याउनु राम्रो भन्दै पार्टीले माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गरेको निर्णयको स्वागत गरेका छन् ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले माधव नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथि गरेको ६ महिनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । लगत्तै, नेपाल पक्षधर नेता भट्टराईले यस्तो लेखेका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्-“हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।”



प्रतिक्रिया दिनुहोस्