Logo

महतोलाई मनाउने देउवाको प्रयास, बुढानिलकण्ठमा भेटवार्ता



काठमाडौं, ३० वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई बुढानिलकण्ठमा बोलाएर भेटेका छन् । उनले बहुमतको सरकार निर्माणमा साथ दिन महतोलाई आग्रह गरेका हुन् ।

देउवाले आफूनिकटस्थ नेताहरु पूर्णबहादुर खड्का र बालकृष्ण खाँडलाई साथमा राखेर महतोसँग कुराकानी गरेका थिए । महन्थ ठाकुरलाई मनाउनका लागि महतोलाई भुमिका निभाउन उनले आग्रह गरेको बुझिएको छ । तर, महतोले सकारात्मक जवाफ नदिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्