Logo

बर्दिया प्रहरीद्वारा ८ थान अक्सिजन सिलिण्डर हस्तान्तरण



बर्दिया, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय बर्दियाले अक्सिजन सिलिण्डर संकलन गरी हस्तान्तरण गरेको छ । जि.प्र.का बर्दियाले बिभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट संकलन गरेको ८ थान (ठुलो) अक्सिजन सिलिण्डरहरु राजापुर नगरपालिकाको कार्यालय (स्वास्थ्य शाखा) र मधुबन अस्थाई कोभिड अस्पताल सानोश्रीलाई हस्तान्तरण गरेको हो ।

कोभिड–१९ संक्रमणको बिषम परिस्थिती सिर्जना भई अक्सिजन नपाईरहेको अवस्थामा अक्सिजन ग्याँस कमि हुन नदिने अभिप्रायको साथ यस कार्यालयले जारी राखेको अक्सिजन सिलिन्डर संकलन अभियान अन्तर्गत बिभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट संकलन गरेर यस पनि १६ थान अक्सिजन सिलिन्डर विभिन्न अस्पतालहरुमा बझाएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्