Logo

मन्त्री आलेद्वारा कठायतको निधनमा दुःख व्यक्त



काठमाडौँ, ३० वैशाख: वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लालबहादुर कठायतको निधनमा दुःख व्यक्त गरेका छन् ।

उनले आज विज्ञप्ति जारी गरी तथा डोटी, शिखर नगरपालिका–३ सालगाउँबासी कठायतप्रति श्रद्धाञ्जलि अर्पण गर्नाका साथै शोकाकूल आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् । मन्त्री आलेले कठायतको निधनबाट एमाले डोटीसहित समग्र पार्टीले एक असल र निष्ठावान् नेता तथा डोटेलीले इमान्दार युवा नेता गुमाएको बताएका छन् ।

उनले भद्र, शालीन, मिलनसार छवि बनाएको कठायतले सुदूरपश्चिमेली जनताप्रति समर्पित युवा नेताको भूमिका निर्वाह गरको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । कोभिड–१९ को सङ्क्रमणले उनको आज निधन भएको थियो ।-रासस/ Photo Source: Facebook/Prem-Ale



प्रतिक्रिया दिनुहोस्