ओली र नेपालबीच आज ४ बजे अघि नै भेटवार्ता हुँदै, सहमतिको तयारी


काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा नेता माधव कुमार नेपाल भेटवार्ताको लागि तयार भएका छन् । उनीहरुबीच आज दिउँसो ४ बजेअघि नै भेटवार्ता हुने विश्वस्त स्रोतले जानकारी दिएको छ ।

यसअघि पनि प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले दुई नेताबीच आज भेटवार्ता हुने र उक्त वार्तापछि सहमति हुने दाबी पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा बताएका थिए । तर, भेटवार्ता कहाँ गर्ने भन्नेबारे अहिले यकिन भएको छैन् । नेपाल पक्षले आजै सामूहिक राजीनामा दिने तयारी गरेको बेलामा अध्यक्ष ओली र नेता नेपालबीच आज भेटवार्ता हुन लागेको हो ।

ओली-नेपालबीच लामो फोनवार्ता : सहमतिमै कारबाही फुकुवा, अब कार्यदल गठनको थालनी !

दुई नेताबीच आजमात्रै पटक पटक फोनवार्ता भएको थियो । पार्टीलाई २०७५ जेठ २ गते फर्काउनुपर्ने नेपाल पक्षको अडान छ । यसमा ओली केही सकारात्मक भएको दाबी गरिएको छ । आज बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथि गरेको कारबाही फुकुवा गरिसकेको छ । File Photo/ReportersNepal