Logo

टाइफाइड र कोरोना उस्तै भनिएता पनि यस्ता छन् फरक



३० बैशाख । कोरोना संक्रमणदरले डरलाग्दो रुप लिएपछि नेपाल र भारतका मानिसहरु त्रसित भइरहेका छन् । भारतमा लाखौ मानिसहरुले संक्रमणबाटै ज्यान गुमाईसकेका छन् ।
यस्तो संकटको समयमा आम मानिसहरुले कोरोना भाइरस र टाइफाइडलाई एकै तरीकाले बुझेका छन् । गर्मी समयमा टाइफाइडको धेरै खतरा हुन्छ । भाइरस र टाइफाइडको केही लक्षण भने उस्तै छन् ।

डाक्टरको अनुसार टाउको दुख्नु, पेट दुख्नु, ज्वरो उच्च हुनु, भोक नलाग्नु र कमजोरी महसुस हुनु जस्ता टाइफाइडको लक्षण हुन् । त्यस्तै, चिसो लाग्नु, उच्च ज्वरो आउनु, घाटी दुख्नु, शरीर दुख्नु, कुनै गन्ध नआउनु, कुनै स्वाद नहुनु र कमजोरी महसुस गर्नु कोरोना भाइरसको लक्षण हुन् ।
दुवैको लक्षणमा केही समानता भएपनि भिन्नता धेरै छन् । दुवै रोगको लक्षणको बारेमा जानकारी लिनु निकै आवश्यक हुन्छ । अहिले टाइफाइड भएपनि कोरोना हुने डरले जाँच गर्न पनि जादैनन् ।

डाक्टरको अनुसार कोरोनाको उपचार सहि समयमा सुरु गर्नेपर्छ । समयमै उपचार सुरु गरेमा गम्भीर समस्या आउदैन । कोरोना संक्रमणको डरले मानिसहरु जाँच गर्न नजाने भएकोले आफु र परिवारसबैलाई जोखिम उठाइरहेका हुन्छन् । संकटको यस्तो कठिन घडीमा शहरको साथै प्रत्येक गाँउमा जागरुकताको अभियान चलाउनु पर्छ । सामाजिक सञ्जालमार्फत अभियान चलाएमा संक्रमण केही क मगर्न सकिने डाक्टरहरुको तर्क छ । Photo- Agency

 



प्रतिक्रिया दिनुहोस्