Logo

बुढानिलकण्ठमा ओली-नेपाल निर्णायक भेटवार्ता सुरु



काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अहिले भेटवार्ता सुरु भएको छ । स्रोतका अनुसार दुई नेताबीच बुढानिलकण्ठस्थित् एक व्यक्तिको घरमा भेटवार्ता सुरु भएको हो । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला दुई नेताबीच निर्णायक वार्ता भैरहेको हो ।

प्रधानमन्त्री ओली बालुवाटारबाट सिधै बुढानिलकण्ठ पुगेका हुन् । नेपाल पक्षले पार्टी एकता चाहेको भने २०७५ जेठ २ गते फर्कनुपर्ने कडान राखेको छ । र, त्यसको लागि आज चार बजेसम्मको अल्टिमेटम दिएको थियो । सोहीअनुसार दुई नेताबीच अहिले भेटवार्ता सुरु भएको जनाईएको छ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्