Logo

बुढानिलकण्ठमा ओली र नेपालबीच भेटवार्ता



वैशाख ३०, काठमाण्डौ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता भइरहेको छ । नयाँ सरकार गठनको समय सकिने दिन ओलीले खनाल नेपाल पक्षलाई कांग्रेसलाई सहयोग गर्नबाट रोक्न वार्ताको प्रयास गरेका हुन् । काठमाडौं बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा उनीहरू वार्तामा जुटेका हुन् ।

बिहीबार बिहान एमालेको स्थायी कमिटीले नेपाल सहित उनको समूहका ४ जना नेताको कारबाही फिर्ता लिएको थियो । तर खनाल नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थाबाट अघि बढाउनुपर्ने अडान लिएको छ । नेपाल पक्षलाई मनाउन सके आफ्नो प्रधानमन्त्री पद जोगिन सक्ने भएकाले ओली लचक हुने विश्वास लिइएको छ ।

बैठकबाटै ओलीले नेपाललाई फोन गरेका थिए । राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा आजै समाप्त हुँदैछ । त्यसअघि नै ओलीले नेपालसँग वार्ता गरेका हुन् । संसदमा ओलीले विश्वासको मत लिने प्रस्ताव गर्दा नेपाल समूहका २८ सांसद अनुपस्थित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्