Logo

३ महिनाको छोरा बेचेर कार खरिद



३० बैशाख । एउटा बच्चाको जन्म दिँदा एउटी आमालाई २० हड्डी टुटेको बराबर दुखाई हुन्छ । यति दुखाई सहेर पनि आमाले सन्तानलाई आफुसँग राखेकी हुन्छिन् । त्यही बच्चाबाट टाढा नहुन भगवानसँग प्राथना गर्ने प्यारो शब्द आमा हो ।

तर आफ्नो इच्छा पुरा गर्न एउटी आमाले ३ महिनाको छोरा बिक्रि गरेकी छिन् । यो घटना भारतको कन्नोजको बरसोमा भएको हो । दम्पत्तिले कन्नोजको तिर्वा कोतवाली क्षेत्रको सतौरा गाँउमा आफ्नो भौतिक सुखलाई पुरा गर्न आफ्नो ममताले भरिएको सन्तान विक्रि गरेका छन् ।
कार खरिद गर्न कै लागि दम्पत्तिले ३ महिनाको बच्चा विक्रि गरेका हुन् । बच्चाको मावलीका हजुरबुवा र हजुरआमासँग नातिको बारेमा छोरीले स्पष्ट जवाफ नदिएपछि घटना बाहिर आएको हो ।

छोरीसँग फोनमा कुरा गरेपछि शंका लागेर हजुरबुवा र हजुरआमाले प्रहरीलाई खबर गरेपछि घटनाको अनुसन्धान हुँदा एक व्यापारीलाई डेढ लाख रुपैयाँमा बिक्रि गरेको पुष्टि भएको थियो ।
सतौर गाउँमा बस्ने महिलाले ३ महिना अगाडी एक छोराको जन्म दिएकी थिइन् । ती दम्पत्तिले डेढ लाख रुपैयाँमा बच्चा विक्रि गरे लगत्रै पुरानो गाडी खरिद गरीसकेका छन् । उनीहरुले गाडी खरिद गरेको र छोरा विक्रि गरेको कसैलाई भनेका थिएनन् । प्रहरीलाई खबर गरेको भन्दै सासु र ससुरालाई ज्याईले ज्यान मार्ने धम्की दिएपछि उनीमाथि कारवाहीको माग गर्दै प्रहरी कार्यालयमा उजुरी दिएका छन् । दैनिक जागरण photo-Agency



प्रतिक्रिया दिनुहोस्