Logo

आज नेप्से २६ सय ८४ विन्दुमा पुग्दा ७ अर्बको कारोबार



काठमाडौं, ३० बैशाख । आज शेयरबजार १० अंकले उकालो लागेको छ । ०.३८ प्रतिशत अर्थात १० दशमलव १३ अंकले बढ्दा २६ सय ८४ दशमलव १ उच्च विन्दुमा पुगेको हो । त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव १२ अंकले बढेर ४७९ दशमलव ५० विन्दुमा पुगेको छ ।

आज व्यापार, होटल तथा टुरिजम, म्यानुफ्याक्चरिङ तथा उत्पादा र इन्भेष्टमेन्ट उपसमुहको बाहेक ९ समुहका सुचक बढेका छन् । नेप्से परिसुचक अनुसार आज २१८ कम्पनीको ८५ हजार ४३० पटक कारोबार ७ अर्ब ४८ करोड ८४ लाख ३ हजार ८१६ रुपैयाँ बराबरको २ करोड १७ लाख ८६ हजार ७७२ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्