काठमााडौं, ३० बैशाख । आज १० अंकले शेयरबजार बढ्दा ७ अर्ब ४८ करोड ८४ लाख ३ हजार ८१६ रुपैयाँ बराबरको २ करोड १७ लाख ८६ हजार ७७२ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।
आज दुई कम्पनीको सर्किट लागेका छन् भने ११ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । आज दिव्यश्वेरी हाइड्रोपावरको १० प्रतिशतले सर्किट लागेको छ । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । प्रतिकित्ता शेयरमुल्य १७ रुपैयाँका दरले बढेर अन्तिम मुल्य १८७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, समता लघुवित्तको लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कम्पनीको आज १०६ रुपैयाँले प्रतिकित्ता शेयरमुल्य बृद्वि भएर अन्तिम मुल्य ११ सय ६६ रुपैयाँ कायम भएको छ ।
नेप्सेको अनुसार आज बिशाल बजार कम्पनीको शेयरमुल्य ९.९९ प्रतिशतले बढेको छ । रुरु जलविद्युत आयोजना, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोगेसिभ फाइनान्स लिमिटेडको सर्किट लेभलमा कारोबार भएका छन् ।





प्रतिक्रिया