Logo

आज नेपाल पुनर्बीमाको ४८ करोड भन्दा बढी कारोबार



काठमाडौं, ३० बैशाख । नेप्से आज ० दशमलव ३८ प्रतिशतले बढ्दा ७ अर्ब भन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । कम्पनीको ४८ करोड ६८ लाख भन्दा धेरैको कारोबार भएको हो । नेप्सेको अनुसार आज कम्पनीको प्रतिकित्ता शेयरमुल्य १५ सय ८० रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

त्यसैगरी, नेशनल हाइड्रोपावर लिमिटेडको २५ करोड ५५ लाख भन्दा धेरैको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य १७८ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।
अरुण कवेली पावरको २१ करोड ५४ लाख, हिमाल दोलखा हाइड्रोपावरको १९ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्