Logo

दिल्लीमा कारोना संक्रमणदर घट्दै, २४ घन्टामा १० हजार संक्रमित



एजेन्सी, ३० बैशाख । भारतको दिल्लीमा २४ घन्टामा १० हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता निरन्तर बढेको संक्रमितको संख्या केही दिन यता घट्दै गएको छ ।

दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियाले बिहीबार पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा १० हजार ४ सय जना संक्रमित भएको जानकारी दिएका छन् । पछिल्लो चौबीस घण्टामा भारतमा तीन लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् ।

भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । Dainik jagaran Photo- Agency

 



प्रतिक्रिया दिनुहोस्