Logo

ओलीसँग माधव नेपाल वार्तामा बसेको बेला झाँक्रीको टिप्पणी : हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ



काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) की नेतृ रामकुमारी क्राँक्रीले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गर्न नहुने धारणा राखेकी छिन् । अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बुढानिलकण्ठमा निर्णायक वार्ता भैरहँदा नेतृ झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्न नहुने धारणा राखेकी छिन् ।

उनले आफूहरुको अगाडि जनता, लोकतन्त्र र संविधान रक्षाको लागि विद्रोहमात्रै विकल्प रहेको भन्दै राजीनामा दिनुपर्ने संकेत गरेकी छिन् । उनले लेखेकी छिन्-“ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न।आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ।जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ।सचेत बनौँ।”



प्रतिक्रिया दिनुहोस्