Logo

महेश बस्नेतको व्यवस्थापनमा महन्थ निकट यी सांसद डोलेश्वरको रिसोर्टमा



काठमाडौं, ३० वैशाख । सत्ता राजनीतिकको खेल उत्कर्षमा पुगिरहँदा जनता समाजवादी पार्टीका १३ सांसद भक्तपुरस्थित सिपाडोलको रिसोर्टमा मस्त छन् । उनीहरुलाई नेकपा एमालेका सांसद महेश बस्नेतको संयोजनमा त्यहाँ पुर्याइएको हो ।

रिसोर्टमा जसपाका महन्थ ठाकुर निकट सांसदहरु छन् । उनीहरु बबरमहलस्थित पार्टी कार्यालयमा भेला भई त्यहाँ लगिएका हुन् । त्यसको व्यवस्थापन सांसद महेश बस्नेतले गरेका हुन् ।

भक्तपुरको सुर्यविनायक नगरपालिका ८ को सिपाडोलस्थित डोलेश्वर भिलेज रिसोर्टमा एमाले नेताहरुको लगानी समेत रहेको छ । लगानीकर्ताहरु बस्नेत निकट हुन् ।
१३ सांसदको व्यवस्थापनमा स्वयं महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, डोलेश्वर भिलेज रिसोर्ट रहेको वडा नं ८ का अध्यक्ष किरण थापा सक्रिय छन् । थापा उक्त रिसोर्टका लगानीकर्ता पनि रहेको बुझिएको छ ।

रिसोर्टमा ठाकुर पक्षीय सांसदहरु राजेन्द्र महतो, विमल प्रसाद श्रीवास्तव, अमृता अग्रहरी, चन्दा चौधरी, उमाशंकर अरगरिया, दुलारी देवी खंगा, प्रमोद साह, रानी मण्डल, नरमाया ढकाल, निर्जला राउतलगायत छन् ।

बैठकमा सहभागी सांसदहरु

महन्थ ठाकुर
राजेन्द्र महतो
शरतसिंह भण्डारी
विमल प्रसाद श्रीवास्तव
अनिलकुमार झा
अमृता अग्रहरी
चन्दा चौधरी
चन्द्रकान्त चौधरी
उमाशंकर अरगरिया
दुलारी देवी खंगा

नरमाया ढकाल
निर्जला राउत
राजकिशोर यादव
रानी मण्डल

लक्ष्मणलाल कर्ण

प्रमोद साह

रुही नाझ

कालु देवी विश्वकर्मा

तस्बिर स्रोतः डोलेश्वर रिसोर्टको वेवसाइट



प्रतिक्रिया दिनुहोस्