Logo

इजरायल र प्यालेस्टाइनको विषयमा कंगना र इरफानबीच जुहारी



३० बैशाख । इजरायल र प्यालेस्तानी दुई देशबीच भएको विगतको युद्वले सबैलाई नमिठो छाप छाडेको छ । युद्वको बेला धेरै मानिस तथा बालबालिकाहले अनाहकमा ज्यान गुमाएका थिए ।

इजरायल र प्यालेन्टाइनबीचको अन्तिम युद्वमा विश्वका धेरै मानिसहरुले आफ्नो प्रतिक्रिया दिएको समयमा भारतीय क्रिक्रेटर इरफान पठानले प्रतिक्रिया दिएका छन् । वास्तवमा इजरायल र प्यालेस्तानीको भएको युद्वमा प्यालेस्तानीको समर्थनमा इरफानले लेखेका थिए, ‘यदि अलिकति मानवना बचेको छ भने प्यालेस्तान के भईरहेको छ त्यो थाहा पाउनुपर्छ ।’ पठानले अर्को ट्विटमा लेखेका छन् । ‘मानवता केवल एउटा देशमा छ र त्यो हो सारा संसार…’

पठानको ट्विटमा अभिनेत्री कंगना रनौटले बंगालमा भएको हिंसा स्मरण गर्दै निशाना बनाएकी छिन् । कंगनाले आफ्नो इन्स्टाग्राममार्फत पठानलाई लेखेकी छिन्, ‘इरफान पठानलाई अर्काको देशप्रति यति धेरै प्रेम छ तर, बंगाल आफ्नो देशको लागि एक ट्विट पोस्ट गर्न सकेनन् ।’ कंगनाको जवाफमा पठानले लेखेका छन्, नफरतको कारण ट्विटर एकाउन्ट बन्द गरिएको छ, फेरी पनि नफरत गदैर्छौ ।’



प्रतिक्रिया दिनुहोस्