Logo

ओली-नेपाल भेटवार्ता सकियो, नेपालले भने-राजीनामा टर्यो



काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ । करिब चार घण्टा लामो समयसम्म चलेको भेटवार्ता भर्खरै सम्पन्न भएको हो ।

बुढानिलकण्ठस्थित् व्यवसायी रामेश्वर थापाको घरमा दुई नेताबीच छलफल भएको थियो । पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला ओली र नेपाल छलफलमा बसेका थिए ।

बैठक सकिएपछि अध्यक्ष ओली भने कुनै प्रतिक्रिया नदिई बाहिरिएका थिए । तर, नेपालले भने संक्षिप्त प्रक्रिया दिए । उनले वार्ता सहमतितर्फ उन्मुख रहेकोले आज दिने भनिएको राजीनामा दुई चार दिनलाई टरेको प्रतिक्रिया दिए । Photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्