Logo

इजरायली तथा प्यालेस्टिनीबीचको लडाईं अन्त्यका लागि समय लाग्ने : नेतन्याहू



३० बैशाख: गाजाका हमास नेतृत्वसँगको लडाई अन्त्यका लागि ‘समय लाग्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार बताएका छन् ।

उनले भने, “गाजामा हमासको बिरूद्ध इजरायलको हवाई हमला तत्काल अन्त्य गर्न सम्भब छैन । यसले समय लिनेछ तर दुवै रक्षात्मक आक्रमणलाई जारी राखेको अवस्थामा – इजरायलमा शान्ति पुनः स्थापना गर्ने क्रममा हामी छिट्टै हाम्रो लक्ष्य प्राप्त गर्नेछौं ।”

उनले इजरायल डिफेन्स फोर्ससँग छलफल गरेपछि पत्रकारहरूलाई भने, “स्थलगत कारबाहीको तयारीको विभिन्न चरणमा गाजा पट्टी र इजरायलको बिचमा छुट्टिएको सीमानाको विभिन्न स्थानमा युद्धक सेना अघि बढेको बताए । “सेनाले ती तयारीहरूको निरीक्षण गर्दैछ र निर्देशन दिइरहेको छ,” उनले भने ।

विगत चार दिनदेखि भएका आक्रमणमा बिहीबारसम्ममा १३ बालबालिकासहित ८३ प्यालेष्टिनी र सात इजरायलीको मृत्यु भएको छ भने तीन हजार बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा रहेका मानिसहरूलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरेको थियो ।

प्यालेिष्टनी लडाकू समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजारभन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो । यसैबीच अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्