Logo

दक्षिण एसिया नयाँ लहरका जोखिममा



काठमाडौँ, ३० वैशाख: सञ्चार माध्यममा आएका प्रतिवेनहरूका अनुसार पाकिस्तान, बंगलादेश, श्रीलङ्का र नेपालका अस्पतालहरूमा सघन उपचार कक्षहरू पूर्ण रूपमा भरिएका वा क्षमताबाहिर पुग्ने अवस्थामा रहेको उल्लेख गर्दै उनले उच्च गरिबी दर, कमजोर स्वास्थ्य पुर्वाधार, विपन्न सामाजिक आर्थिक अवस्था, अपर्याप्त सामाजिक सुरक्षा प्रणाली, पानी र सरसफाई सुबिधामा सीमित पहुँच र बसोवासका लागि सीमित ठाउँका कारण यस क्षेत्रका दशौँ लाख मानिसहरूको जीवन भाइरसको नयाँ लहरबाट जोखिममा रहेको जनाएका छन् ।

सङ्क्रमणलले यस क्षेत्रको पहिल्यैदेखि नाजुक अवस्थाको स्वास्थ्य सेवाको अवस्थालाई थप जटिल बनाइदिएको उल्लेख गर्दै निर्देशक मिश्रले यो बेला दक्षिण एसियाका सरकारहरूले पहिलेभन्दा पनि अझ गम्भीर रूपमा बिरामीको भारलाई व्यवस्थापन गर्न, अत्यावश्यक सेवाहरू सुचारू राख्न र महामारीको सामाजिक र आर्थिक प्रभावलाई घटाउनका लागि आकस्मिक वृद्धि क्षमताको विकासका लागि संयन्त्र निर्माण गर्नुपर्ने बताएका छन् ।

सो संस्थाले सबैलाई समान स्वास्थ्य सेवा प्रदान गरेर राज्यहरूले उच्च जोखिममा रहेका दैनिक ज्यालादारीमा आश्रितहरू, बन्दीहरू, शरणार्थीहरू र आन्तरिक रूपमा विस्थापितलगायतका सीमान्तकृत र कमजोर समूहहरूको मानवअधिकारको संरक्षणमा ध्यान दिन समेत औंल्याएको छ।

खोपमा समान पहुँचका लागि सहयोग

जनवरी अन्तिमदेखि बङ्गलादेश, नेपाल र श्रीलङ्कालगायत देशहरूले भारत र अन्य देशहरूबाट अनुदान स्वरूप र व्यापारिक सम्झौताको माध्यमबाट खोपहरू प्राप्त गर्न थालेको भएपनि चालु सङ्कटका बीचमा भारतले घरेलु आवश्यकतालाई प्राथमिकता दिनका लागि गत २४ मार्चमा खोपको निर्यातलाई अस्थायी रूपमा रोकेको छ । यसले दक्षिण एसिया क्षेत्रमा खोपको आपूर्तिमा गम्भीर कमी हुन पुगेको एम्नेस्टी इन्टरनेसनलको ठम्याई छ ।

महामारीले दक्षिण एसिया क्षेत्रलाई तहसनहस बनाइरहेको सन्दर्भमा जीवन बचाउने चिकित्सा उपकरणहरू प्रदान गरेर र खोपको उत्पादन र आपूर्तिमा अवरोध पार्ने कानूनी अनिश्चितता र व्यवधानहरूलाई हटाएर ऐक्यबद्धता प्रदर्शन गर्न र आफ्नो मानवअधिकारप्रतिको दायित्व पूरा गर्न तथा आवश्यक सहयोग प्रदान गर्न एम्नेस्टी इन्टरनेसनल अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेको छ ।

निर्देशक यमिनी मिश्रले यस क्षेत्रका जनसङ्ख्यालाई खोप लगाउन पहिल्यैदेखि संघर्षरत रहेको अवस्थामा पछिल्लो समयमा कोभिड सङ्क्रणमा भइरहेको नयाँ वृद्धिले ठूलो चुनौती खडा गरेको उल्लेख गर्दै सङ्कटको समयमा अन्तर्राष्ट्रिय समुदायले एक ठाउँमा उभिएर खोपमा समान पहुँच सुनिश्चित गरी स्थानीय रूपमा खोप उत्पादनका लागि आवश्यक स्रोत र प्रविधिको स्थानान्तरणलाई प्राथमिकता दिएर दक्षिण एसियाली मुलुकहरूलाई सहयोग पु¥याउनुपर्ने बताएका छन् ।-रासस



प्रतिक्रिया दिनुहोस्