काठमाडौं, ३० वैशाख । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खुराफात र किनवेचमा पतन भएको आरोप लगाउँदै विकल्प खोज्नुपर्ने टिप्पणी गरेका छन् । उनले ओली नेपाली राजनीतिमा पुनः चतुर सावित भएको समेत टिप्पणी गरे ।
बहुमतको ओलीविरोधी गठबन्धन निर्माण गर्न असफल भएपछि भट्टराईको टिप्पणी आएको हो । उनले ओलीलाई अदालत, संसद, मिडिया र आम जनताले तिरस्कार गरेको समेत तर्क गरे ।
ओलीलाई हटाउन नसकेकोमा सबैले आत्मसमीक्षा गर्नुपर्ने बताए । उनले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुकेको समेत बताए ।
डा. बाबुराम भट्टराईले ट्वीटरमा लेखेका छन्ः जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन्।अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं!




प्रतिक्रिया