Logo

एम्बुलेन्स अभाव भएपछि ‘अटो एम्बुलेन्स’



चुरेर मकवानपुर, बैशाख ३१। कोरोना भाइरस संक्रमणको दर उच्च हुदै आएपछि मकवानपुरमा एम्बुलेन्सको अभाव पुर्ति गर्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ ।

बिरामी ओसार्नको लागि एम्बुलेन्सको अभाव भएपछि अटोरमयुरीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि हेटौंडा उपमहानरपालिकामा विहीबारबाट संक्रमितलाई बोक्न अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिएको हो । नेपाल अटो तथा विद्युत यातायात प्रा।ली हेटौंडाले उपमहानगरपालिका अन्तर्गत वडा कार्यालयहरुसँग समन्वय गरि बिहीबारबाट १९ वटै वडामा संचालन हुनेगरी अटो एम्बुलेन्स सेवा सुरु गरेको हो ।

हाल प्रत्येक वडामा २ वटा अटोलाई एम्बुलेन्सको रुपमा संचालनमा ल्याएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । ३८ वटा अटोको स्वरुप परिवर्तन गरि बनाइएको एम्बुलेन्समा चालकलाई पीपीइ सेट प्रयोग अनिवार्य गरिएको छ । एम्बुलेन्सको अभावमा संक्रमितलाई अस्पतालसम्म जान आउन कुनै समस्य नहोस् भन्ने उद्देश्यका साय यो योजना सुरु गरिएको प्रजिअ पाण्डेले बताए । जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र ९डिसिसीएमसी० को पदाधिकारीहरुको उपस्थितीमा चालकहरुलाई पीपीइ सेट हस्तान्तरण गरिएको छ । पछिल्लो समयमा हेटौंडा उपमहानगरपालिकाका वडा ४ र ५ मा संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

मकवानपुर जिल्लामा सबैजसो स्थानीयतहहरुका जनप्रतिनिधिहरुले आफूहरुले प्रयोग गर्दै आएका सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु गरिसकेको छ ।

गत वैशाख २७ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको व्यवस्थापन तथा समन्वयमा उपमहानगरको सबै वडाहरुमा अटो एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्