Logo

गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री ओली



काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नव निर्मित सम्मेलन केन्द्रको उद्घाटन गर्ने भएका छन् । ललितपुरको गोदावरी नगरपालिका–३ मा निर्माण भएको गोदावरी सनराइज सम्मेलन केन्द्रको आज उद्घाटन हुने भएको हो । ३ हजार सिट क्षमताको उक्त सम्मेलन केन्द्र ८१ करोडको लागतमा निर्माण भएको हो ।

विसं २०७६ असोज २० गतेदेखि निर्माण शुरु भएको सो केन्द्र यही कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि कोरोना जोखिमका कारण ढिलाइ भएको थियो ।

करीब ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन सो केन्द्र केसी–समानान्तर जेभीले ठेक्का पाएको थियो ।प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीले भर्चुअल माध्यमबाट उक्त सम्मेलन केन्द्रको उद्घाटन गर्न लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्