Logo

ओली र नेपालबीच के सहमति भएको हो ? सोम पाण्डेले खुलाए सबै कुरा (भिडिओसहित)



काठमाडौं, ३१ बैशाख । नेकपा (एमाले) का नेता तथा सांसद सोमप्रसाद पाण्डेले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति गराउन आफूले पनि भूमिका खेलेको बताए । उनले पार्टीलाई एकताबद्ध बनाउनको लागि एमालेका सबै नेताहरु गम्भीर भएर लाग्ने पनि स्पष्ट पारे ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूले ओली पक्षधर नेताहरुसँग दिनको दुई पटकसम्म भेटेको पनि स्मरण गराए । उनले आफूले पार्टी एकताबद्ध बनाउनको लागि प्रधानमन्त्री ओलीको भूमिका महत्वपूर्ण हुने भएको कुरा आफूले प्रधानमन्त्री ओलीलाई भेटेर भनेको पनि सुनाए । उनले बैशाखमा पनि चार पटकसम्म बालुवाटार पुगेर ओलीलाई भेटेको सुनाए । उनले प्रधानमन्त्री ओली पार्टी एक गर्न तयार रहेको पनि विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्