Logo

आज रमजान अर्थात इद उल फित्तर पर्व मनाइँदै



काठमाडौं, बैशाख ३१ । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान अर्थात इद उल फित्तर आज मनाइँदैछ । एक महिनाको कठोर उपवासपछि आजको दिन अरवी पात्रो अनुसार हरेक वर्षको नवौं महिनामा एक महिनासम्म रोजा अर्थात व्रत बसेर दशौं महिनाको पहिलो दिन इद–उल–फित्र मनाउने परम्परा छ ।

मुस्लिम धर्मग्रन्थ कुरान यही महिनामा लेखिएकाले ब्रत बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । दान दिनु, गरीवको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिर्यानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् ।

यसैबीच पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा रमजान पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

देशमा कोरोना भाइरस महामारीले विकराल रुप लिईरहेकोले यसबाट बच्नका लागि भिडभाड नगरी नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गरी इद मनाउन राष्ट्रपति भण्डारीले आव्हान गरेकी हुन् । मुस्लिम समुदायका अगुवाहरुले पनि भीडभाड नगरी र स्वास्थ्य मापदण्डको ख्याल गरी इद मनाउन ध्यानाकर्षण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्