Logo

कोरोनाको दोस्रो लहरसँग लड्न स्वास्थ्य मन्त्रालय तयार देखिएन : डा. दास (भिडिओसहित)



काठमाडौं, ३१ बैशाख । छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारलाई असफल भनेर आफूले नभन्ने टिप्पणी गरेका छन् । तर, नेपालमा कोरोनाको दोस्रो लहर आउने कुरामा नेपाल सरकार र नेपाली जनता सचेत नभएको भने उनको टिप्पणी छ ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा अहिले अक्सिजनको अभाव हुनुमा पनि पर्याप्त तयारी नगरिएको उनले गुनासो पोखे ।

उनले अहिले संक्रमित विरामीहरुले बेड पाउन नसकेको पनि सुनाए । उनले अक्सिजनको अभाव पूर्तिको लागि सरकार बेखबर भएको टिप्पणी गरे । त्रि.वि. शिक्षण अस्पतालमा पनि अक्सिजनको अभाव हुन थालेको कुरा आफूहरुले स्वास्थ्य मन्त्रालयलाई सुनाएको भएपनि अहिलेसम्म कुनै रेस्पोण्ड नआएकोले बाध्य भएर सिसिएमसीसमक्ष पुगेको पनि उनले स्पष्ट पारे । हेरौं डा. दाससँगको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्