Logo

प्रधानमन्त्री ओलीको २ः३० बजेको सपथग्रहणको समय बलशाली नभएको ज्योतिषीको टिप्पणी



काठमाडौं, ३१ बैशाख । ज्योतिषी सुनिल सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साँढे २ बजे गर्ने भनेको सपथग्रहण शुभ नहुने बताएका छन् । उनले जोखना हेर्दा उक्त समय खासै बलशाली नभएको दाबी गरेका छन् । यही समयमा सपथ लिए उनको सरकार अल्पायु हुनेपनि उनको भनाई छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत सिटौलाले हिजै यस्तो लेखेका छन्-‘प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण भोली शुक्रबार दिउँसो साढे २ बजे हुने भन्ने खबर छ। जोखाना हेर्दा उक्त समय खासै बलशाली छैन, सरकार अल्पायु हुनेछ, बरू पौने तीन बजेपछिको समय शुभ देखिन्छ।’



प्रतिक्रिया दिनुहोस्