Logo

अबदेखि बैंकले ५ सेवामात्र दिने



काठमाडौं, ३१ बैशाख । अब बैंकहरुले निश्चित सेवा मात्र प्रदान गर्ने भएका छन् । नेपाल बैंकर्स संघको हिजो बसेको बैठकले २५ प्रतिशत कर्मचारी राखेर सेवा दिँदै आएका बैंकहरुबाट कोरोना जोखिम कम गर्न विभिन्न पाँच सेवा मात्र दिने निर्णय गरेको हो ।

बैंकहरुलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजार भन्दा बढी रकम जम्मा गर्न, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस), आरटी जीएस, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न बैंकर्स संघले निर्देशन दिएको हो ।

यसको साथै संघको बैठकले न्युनतम ५० हजार भन्दा कम जम्मा नगर्ने पनि निर्णय गरेको छ । संघले डिजिटल बैंकिङ्ग सेवाको प्रयोग गर्न पनि आम मानिसहरुलाई आग्रह गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्