काठमाडौं, ३१ बैशाख । नेकपा (एमाले) का नेता वामदेव गौतमले प्रधानमन्त्रीमा पूनः नियुक्त भएकोमा केपी शर्मा ओलीलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले ओलीलाई नेपालको ४३औं प्रधानमन्त्री बनेकोमा बधाई दिएका हुन् । त्यस्तै, उनले अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्वाद सुरु भएकोमा पनि खुशी व्यक्त गरेका छन् ।

उनले लेखेका छन्-“नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क.के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क.माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा(एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।”




प्रतिक्रिया