Logo

नेपाल बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, ३१ बैशाख । नेपाल बैंक लिमिटेडले बैशाख २२ गतेदेखि जारी गरेको ३५ लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामको १० अवधिको ८ दशमलव ५० प्रतिशतको ऋणपत्र विक्रि गर्न गरेको हो । ऋणपत्र निष्कासन तथा बिक्रि प्रबन्धकमा बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रेहेकोे छ ।

बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता १ हजार रुपैयाँ अंकित दरले ऋणपत्र विक्रि गर्न लागेको हो । कित्ता मध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी २१ लाख कित्ता व्यक्तिगत तरिकाले विक्रि गर्ने बैंकले जनाएको छ ।

बैंकको अनुसार सर्वसाधारणलाई छुट्टाइएको १४ लाख कित्ता मध्ये १५ हजार कित्ता सामुहिक लगानीकोषहरुमा र त्यसबाट बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । उक्त ऋणपत्र खरिदको लागि लगानीकर्ताले न्युनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्