Logo

सरकारलाई नेपाल बङ्गलादेश बैंकको भायल रेम्डेसिभिर सहयोग



काठमाडौं, ३१ बैशाख । नेपाल बङ्गलादेश बैंकले सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग गरेको छ । बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आइएफआइसी बैंकसँग मिलेर आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत नेपाल सरकारलाई उक्त सहयोग गरेको जनाएको छ ।

बैंकको अनुसार उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत महामहिम बंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैकको संस्थापक आइएफआइसी बैंकको सहयोगमा बुधबार हस्तान्तरण गरिएको हो । उक्त औषधि बङ्गलादेशबाट नेपालका लागि पठाईसकेकोे बैंकले जनाएको छ ।

यसअघि पनि नेपाल बङ्गलादेश बैकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आइएफआइसी बैंक र बङ्गलादेशको बेक्सिम्को फर्मास्युटिकल कम्पनी संग मिलेर ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण जनाएको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्