Logo

धनुषामा पुनः १० दिन निषेधाज्ञा थप



धनुषा, ३१ वैशाख: धनुषामा आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । आज वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप भएको सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराउनुभएको छ । कोरोनाको दोस्रो लहरमा गएको यही वैशाख २१ गते देखि बिहान वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जारी गरिएको निषेधाज्ञाको समय आज राति सकिन लागेपछि निषेधाज्ञाको समय थप गरिएको हो ।

पहिलो चरणको निषेधाज्ञा सकिनुअघि पुनः प्रशासनले १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञा अवधिमा अति आवश्यक बाहेक घरबाट ननिस्किन प्रशासनले आग्रह गरेको छ ।

इदको सार्वजनिक विदा

प्रदेश २ मा आज सार्वजनिक बिदा घोषणा गरिएको छ । मुसलमानको महान पर्व इद उलफित्रको अवसरमा प्रदेश २ सरकारले वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिइएको हो । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकोले यसवर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालन गरी पर्व मनाउन अपिल समेत गरेको जारी सूचनामा उल्लेख छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्