Logo

कोरोना भाइरसमा धेरै खतरनाक बन्दै मोटोपन



एजेन्सी, ३१ बैशाख । कोरोना भाइरसको दोस्रो लहर बढेसँगै संक्रमणदर पनि ह्वात्तै बढेको छ । दिर्घ तथा गम्भीर प्रकतिका बिरामीको लागि झन् कोरोनाले जोखिम बढाएको छ । यस्तै रोग मध्ये एक हो मोटोपन । मोटापनको रोगीका लागि संक्रमणले झनै गाह्रो बनाइदिन्छ ।

डाक्टरहरुको अनुसार सामान्य मानिस दुई हप्तामा नै रिकभर हुन्छन भने दिर्घरोगीहरुलाई धेरै दिन लाग्छ । मोटोपन भएका मानिसहरुलाई अक्सिजन कमी हुने सम्भावना धेरै हुनाले भेन्टिलेटरको आवश्यकता बढी पर्न सक्छ । यसकारण पनि यसको उपचार चुनौतीपुर्ण हुन्छ ।

मोटोपनाले कसरी खतरा बढाउछ ?

  • मोटोपन भएका व्यक्तिहरुमा धेरै बोसो हुन्छ, यीनीहरुलाई पातलो मानिसलाई भन्दा संक्रमण निको हुन समय बढी लाग्छ ।
  • पेटमा भएको बोसोको चापले फोक्सोको कार्य क्षमतामा ह्रास ल्याउँछ ।
  • फोक्सो मोटो हुनाले संकुचन हुन्छ जसको कारण काम गर्न गाह्रो हुन्छ ।
  • कोरोना संक्रमण भएका मोटा ब्यक्तिहरुलाई अन्य व्यक्तिलाई भन्दा भेन्टिलेटरको आवश्यकताको बढी सम्भावना हुन्छ ।
  • यदि शरीरमा अक्सिजनको मात्रा घट्दै गएमा मोटोपन भएका व्यक्तिहरुको बाच्ने सम्भावना कम हुन्छ ।
  • मोटोपनका व्यक्तिहरुलाई संक्रमणमुक्त हुन धेरै समय लाग्छ ।
  • मोटोपनले प्रतिरक्षा स्लीप एपनियामा पनि अक्सिजन स्तर कम राख्छ ।
  • बोसो धेरै भएमा चाडैनै शरीर सुन्निन थाल्छ ।
  • यो समस्या हुँदा प्रतिरक्षा प्रणाली कमजोर हुने भएकोले भाइरसको संक्रमणले सजिलै असर गर्न सक्छ ।

मोटोपना घटाउन के गर्ने
मोटोपन घटाउन सबैभन्दा पहिला त जीवनशैली परिवर्तन गर्नुपर्छ । दैनिक व्यायामको साथमा स्वस्थ आहार सेवन गनुपर्छ । दिनहुँ ३० मिनेट हिड्नुपर्छ । भुटेको खाना खान हुँदैन । सम्भव भएसम्म खानेकुराको तालिका बनाएर फलफुल र मौसमी तरकारीहरु खाने गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्