Logo

स्कुटर चालक फरार, भरुवा बन्दुक बरामद



महोत्तरी, ३१ बैशाख । प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ । बर्दिवास नगरपालिका–५ जंगलस्थित भित्री सडकबाट १ थान भरुवा बन्दुक, सोमा लाग्ने फलामको बल र २५ ग्राम बारुद जस्तो देखिने कालो धुलो बिहीबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

अस्थाई प्रहरी पोष्ट माईस्थानबाट गस्तीमा खटिएको टोलीलाई देख्नासाथ प्र.२.०२.००२ प ५३५७ नम्बरको स्कुटरका चालकले स्कुटर सहित झोला फाली फरार भएपछि स्कुटर र झोला जाँच गर्दा उक्त हतियार फेला पारी बरामद गरेको जनाएको छ । फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्