Logo

गाँजा सहित दुई पक्राउ



मोरङ, ३१ बैशाख । अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रंगेली नगरपालिका–७ स्थित सडकबाट करिब ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका–६ बस्ने १९ वर्षीय राज मण्डल र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रदेश १ ०२(०४३प(८१३९ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट रंगेलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक शाही र मोटरसाइकलमा सवार ती किशोरलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्