Logo

अध्यक्ष ओलीसँगको सहमतिबारे माधव नेपालले आफ्ना नेताहरुलाई ब्रिफिङ गर्ने



काठमाडौं, ३१ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले हिजो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ता र सहमतिबारे आफू पक्षधर नेताहरुलाई ब्रिफिङ गर्ने भएका छन् । एक नेताले दिएको जानकारीअनुसार उक्त बैठकमा सांसदहरु र केन्द्रिय सदस्यहरु सहभागी हुनेछन् । बैठक जुममार्फत हुँदैछ ।

हिजो नेता नेपालले ओलीसँग चार घण्टा लामो छलफल गरेका थिए । उक्त छलफलपछि नेपाल पक्षधर सांसदहरुको सामूहिक राजीनामा रोकिएको थियो । र, विपक्षी गठबन्धनहरु सरकरा गठनको लागि दाबी गर्नबाट ब्याक भएका थिए।

ओली नेपालको भेटवार्तापछि मुलुकको राजनीति नयाँ चरणमा प्रवेश गरेको छ। संविधानको धारा ७६ को २ अनुसार सरकार गठनको लागि कसैको पनि दाबी नगरेपछि ओली नै धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले अहिले केही बेरमा सपथ लिँदैछन् । file photo



प्रतिक्रिया दिनुहोस्