Logo

सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँट, १४ लाख आवेदकको हात खाली



काठमाडौं, ३१ बैशाख । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणको लागि जारी गरेको २५ लाख कित्ता आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १६ लाख ८५ हजार ६२७ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर माग भएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको १०.५२ गुणा बढी हो ।

आईपीओ विक्रि तथा प्रबन्धक क्याटिलको अनुसार कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण गरिएको हो ।

१० कित्ताका दरले २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् भने त्यसमध्ये पनि ४ जनाले थप १ कित्ता शेयर पाएका छन् । बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात खाली भएको छ ।

त्यस्तै, कम्पनीको आईपीओमा आवेदन परेका ४ हजार ४४२ आवेदनहरु रद्ध भएका छन् । कम्पनीले प्रतिकित्ता १०० अंकित मुल्यका दरले २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जम्मा कित्ता मध्ये ५० हजार ३६५ कित्ता शेयर कर्मचारी, १ लाख २५ हजार ९११ कित्ता शेयर सामुहिक लगानी कोष र बाँकी रकेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणलाई छुट्टाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्