Logo

हास्य कलाकार शिवहरी पौडेल कोरोना संक्रमित



काठमाडौं, ३१ बैशाख । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै दिनहुँ संक्रमित हुनेको संख्या बढीरहेको छ । नेपालमा दैनिक ९ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन् । भाइरसको चपेटामा फिल्म क्षेत्र, मनोरञ्जन क्षेत्र पनि अछुतो छैन् ।

हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका वर्षा राउत, निर्देशक ऋषि लामिछाने र उनकी पत्नी सरिता लामिछानेमा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरुले स्वास्थ्य लाभ लिइरहेका छन्

यसैगरी, आज हास्य कलाकार शिवहरी पौडेल (मुखमा हान्नु जस्तो) पनि संक्रमित भएका छन् । उनलाई हल्का संक्रमणको लक्षण देखिएपछि कोरोना जाँच गर्दा पुष्टि भएको स्रोतले जनाएको छ । उनको अक्सिजनमार्फत नैकापस्थित एपिअफ अस्पतालमा उपचार भैरहेको छ । पौडेल लामो समयदेखि हास्यव्यग क्षेत्रमा काम गर्दै आएका छन् । जिरे खुर्सानी उनको चर्चित टेलिश्रृंखला हो ।



प्रतिक्रिया दिनुहोस्