Logo

नियन्त्रित लागूऔषध सहित पक्राउ



महोत्तरी, ३१ बैशाख । नियन्त्रित लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । बर्दिवास नगरपालिका–१४ स्थित सडकबाट नियन्त्रित लागूऔषध ८६ ट्याब्लेट नाईट्राभेट, १ सय एमएलका ४ बोतल कोडिन फोस्फेट र ८ क्याप्सुल स्पास्मो प्रोक्सिभोन सहित सोहि ठाउँ बस्ने २५ वर्षीय राकेश श्रीनेत ठकुरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा राकेशलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्