Logo

सेन्सर गरेपछि मात्र ‘राधे’ रिलिज गर्न सञ्चार मन्त्रालयको निर्देशन



काठमाडौं, ३१ बैशाख । बलिउड स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधे’ बिहीबारदेखि संसारका ४० भन्दा बढी हल र ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । नेपालमा भने सेन्सर गरेर उक्त फिल्म रिलिज गर्न सञ्चार मन्त्रालयले निर्देशन दिएको छ । सेन्सर बिना नै केबल टिभी र ओटीटीमा फिल्म रिलिज गर्न लागेको समाचार आएपछि मन्त्रायलले सेन्सर गरेर रिलिज गर्न निर्देशन दिएको हो ।

फिल्मलाई नेपाल प्रदर्शन अधिकार गोपिकृष्ण मुभिज अन्तर्गतको ए–एठ् कम्पनीले खरिद गरेको हो । विदेशी फिल्महरु प्रदर्शन गर्न अनिवार्य रुपमा सेन्सर गर्ने नियम छ । सेन्सर नगरी फिल्म रिलिज नगरेमा कानुनी कारवाही गरिने मन्त्रलायले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्