Logo

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ



नवलपरासी (पूर्व),३१ बैशाख । तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । देवचुली नगरपालिका–१० बस्ने ५१ वर्षीय कृष्ण प्रसाद सापकोटाको घरमा तास खेलिरहेको अवस्थामा कृष्ण प्रसाद समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा तास खलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २९ हजार ७ सय ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्