Logo

दिल्लीमा अवस्था सुध्रिदै, २४ घन्टामा ८ हजार नयाँ सक्रमित थप



एजेन्सी, ३१ बैशाख । भारतको दिल्लीमा कोरोना भाइरसको संक्रमणदर घट्दो क्रममा छ । पछिल्लो २४ घन्टामा ८ हजार ५ सय जना नयाँ संक्रमित थपिएका छन् । संक्रमणदर १२ प्रतिशत भन्दा तल झरेकोे छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलनमार्फत कोरोना संक्रमण कम गर्दै शुन्यमा झार्ने बताए । उनले एक दुई दिनमा १२ सय बेडहरु तयार गर्ने समेत जानकारी दिए ।

शुक्रबार पत्रकार सम्मलेनमा केजरीवालले अप्रिल २२ मा ३६ प्रतिशत संक्रमणदर भएकोमा आज १२ प्रतिशतमा झरेको बताए । उनले दिनभित्र तीन हजार बेड खाली हुने जिकीर गरे ।



प्रतिक्रिया दिनुहोस्