Logo

सिटिजन्स बैंकको सुचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारी



काठमाडौं, ३१ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनलले सुचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त गरेको छ । बैंकले शुक्रबार सुचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारीलाई नियुक्त गरेको जनाएको छ ।

सुचना अधिकारी श्रेष्ठ करिव २२ वर्षदेखि बैंकिंग क्षेत्रमा काम गर्दै आएका छन् । उनले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गरेका छन् । भारतको पुणे स्थित सिम्बायोसिस इस्टीट्यूट अफ बिजनेस मैनेजमेंटबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा संचालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा अब्बल दक्ष्ता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथसाथै कम्पनी सचिवको रुपमा समेत कार्यरत छन् ।



प्रतिक्रिया दिनुहोस्