Logo

ओली र नेपालबीच आज सिंहदरबारमा वार्ता, दोस्रो तहका नेताहरुपनि सहभागी हुने



काठमाडौं, ३१ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालबीच आजपनि भेटवार्ता हुने भएको छ ।

एमालेका एक नेताले दिएको जानकारीअनुसार उनीहरुबीच आज साँझ ६ बजे सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालयमा बैठक बस्नेछ । हिजोमात्रै, दुई नेताबीच निर्णायक वार्ता भएको थियो । हिजोको वार्ता सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

उनीहरुबीच पार्टीलाई ०७५ जेठ २ गते फर्काउने सहमति भएको र फागुण २८ गते यता भएका निर्णयहरु खारेज गर्नेबारे भद्र सहमति भएको बुझिएको छ । र, ती निर्णय फिर्ताको बारेमा कार्यदल बनाउने सहमति छ । आज अध्यक्ष ओलीसँग ठोस सहमति गरिने नेपाल पक्षका नेताहरुले दाबी गरेका छन् । File Photo/Source-Surya Thapa



प्रतिक्रिया दिनुहोस्

Screenshot