Logo

अबदेखि एनएमबि बैंकका ग्राहकले अनलाइनबाटै केवाईसी भर्न सक्ने



काठमाडौं, ३१ बैशाख । अबदेखि एनएमबि बैंकका ग्राहकले घरबाटै केवाईसी भर्न सक्ने भएका छन् । बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाईन केवाईसी प्रविधि अगाडी बढाएको हो ।

बैंकको अनुसार यो सेवाबाट ग्राहकले आफ्नो केवाईसी विवरणहरू अनलाईन अपडेट गर्न सक्नेछन् । यससँगै ग्राहकले एनएमबि डिजिटल प्लेटफर्महरू मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकले पनि सजिलै यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पुरा/अपडेट गर्न सक्ने बैकले जनाएको छ ।

बैंकले यस नयाँ प्रणालीको साथ, अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्न नपर्ने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्