Logo

आफ्नो मुत्युको समाचार आफैले शेयर गर्दै अभिनेताले यसो भने



एजेन्सी, ३१ बैशाख । पछिल्लो समयमा भारतीय मिडियामा मृत्युको अफवाह फैलाउने क्रम जारी छ । केही दिन अगाडी अभिनेत्री मिनाक्षी शेषाद्री, महाभारतका भिष्म पितामह मुकेश खन्नाको सामाजिक सञ्जालमा निधनको खबर आएपछि सबैले श्रद्वान्जली दिए । तर, पछि उनीहरु आफैले आफु जिवित भएको पुष्टि गरेका थिए ।

त्यसरी, नै फेरी आज बलिउडका कलाकार परेश रावललाई सामाजिक सञ्जालमा श्रद्वान्जली दिएका छन् । श्रद्वान्जलीको जवाफ उनी आफैले अत्यन्तै रमाइलो तरीकाले दिएका छन् ।

आज लाफर हाउस नामको पेजबाट उनलाई दिएको श्रद्वान्जलीमा लेखिएको थियो ‘बिहान ७ बजे बलिउडका एक भाग परेश रावलको मृत्यु भएको छ ।’ उक्त पोस्टलाई शेयर गर्दै अभिनेताले रावलले लेखेका छन्, ‘तपाईको गलत धारणाको म माफि चाहान्छु, ७ बजेपछि पनि म सुतिरहेको थिए ।’

रावल सामाजिक सञ्जालमा निकै सक्रिय छन् । आफ्नो ट्विटमार्फत फलोअर्ससँग कुराकारी गरिरहेका हुन्छन् । उनी अब बक्सिङ कोचको भुमिकामा ‘तुफान’मा देखिदैछन् । यो फिल्मको रिलिज कोरोनाको कारण स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस्