Logo

तनाव कम गर्न फलफुल र तरकारी प्रशस्त खानुपर्ने अनुसन्धानकर्ताको दाबी



एजेन्सी, ३१ बैशाख । यदि तपाईं तनावको समस्याको साथ संघर्ष गर्दै हुनुहुन्छ भने, यसबाट मुक्त हुनको लागि प्रशस्त फलफूल र तरकारीहरू खानुहोस् । फलफुल र तरकारीले प्रशस्त डाईट खाँदा तनाव कम गर्न सक्ने एक अनुसन्धानले देखाएको छ ।

कोरोना महामारीको कारण मानिसहरूमा तनाव समस्या बढिरहेको समयमा अस्ट्रेलियाको एडिथ कोवान विश्वविद्यालय, ईसीयुका सोधकर्ताहरुले गरेको अध्ययन क्लिनिकल न्युट्रिशन जर्नलमा प्रकाशित भएको छ । यो अध्ययन २५ देखि ९१ वर्ष का ८६ सय भन्दा बढी अस्ट्रेलियालीहरूमा गरिएको थियो । यसले विशेष गरी फलफुल र तरकारीहरूको उपभोग र तनावबीचको सम्बन्धलाई लिएर अनुसन्धान गरिएको थियो ।

‘यस अध्ययनले फलफुल र तरकारीमा परिणत हुने खाना र राम्रो मानसिक स्वास्थ्यबीचको सम्बन्धको पुष्टि गर्दछ ।’ ईसीयुका अनुसन्धानकर्ता साइमन रादावेली–बगातिनीले भने, ‘हामीले फलफुल र तरकारीहरू कम मात्रामा उपभोग गर्नेहरूको तुलनामा त्यस्ता आहारहरू बढी मात्रामा खाने व्यक्तिहरूमा तल्लो तहको तनाव पायौं । राम्रो खानाले राम्रो मानसिक स्वास्थ्यमा महत्वपुर्ण भुमिका खेल्छ ।’ उनले फलफुल र तरकारीहरू भिटामिन र खनिज जस्ता पौष्टिक तत्वहरू प्रशस्त हुने बताए ।

सोधकर्ताहरुले मानसिक समस्याहरू विश्वमा तीव्र गतिमा बढिरहेको बेला यीनीहरुले आक्सीडेटिव तनाव कम गर्न दाबी गरेका छन् । उनीहरुको अनुसार जसले कम्तिमा ४७० ग्राम फलफुल र तरकारीहरू दिनहुँ खानेहरुको तनावलाई १० प्रतिशतले कम हुन्छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) को अनुसार पनि ले कम्तीमा दैनिक ४ सय ग्राम फलफुल र तरकारीहरूको सेवन गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्