Logo

ओली-नेपाल वार्तामा को को छन् (तस्बिरसहित)



काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता चलेको छ । आजको भेटवार्ता सिंहदरबारमा भइरहेको छ ।

भेटमा ओलीका तर्फबाट ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाल सहभागी छन् ।

नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल र गोकर्ण बिष्ट सहभागी छन् ।

आजको भेटवार्तामा कार्यदललाई पूर्णता दिई सुझावका आधारमा अगाडि बढ्ने सहमतिको प्रयास भइरहेको बुझिएको छ ।

-तस्बिर स्रोतः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्