Logo

प्रधानमन्त्रीका सल्लाहकारको दाबी : ०७५ जेठ २ मा फर्कन सकिँदैन्, फागुन २८ गतेको निर्णय फिर्ता असम्भव (भिडिओसहित)



काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओली माधव नेपालसँगको सहमति गर्दा ब्याक भएको भन्न नमिल्ने टिप्पणी गरे । बरु, नेता नेपालहरुले एमालेमा फर्कने भनेर रियलाईजेशन गरेकोले सहमति भएको उनको भनाई छ । उनले नेपाल पक्षसँग ०७५ जेठ २ गते फर्कने भनेर सहमति नभएको पनि जिकिर गरे । त्यस्तै, फागुण २८ गतेको निर्णय र त्यसपछिका बैठकका निर्णयपनि कुनैपनि हालतमा फिर्ता नहुने दाबी गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले दलहरुसँग विश्वासको मत मागिरहेको बताउँदै विश्वासको मत नपाए मुलुक चुनावमा जाने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले अब संसदमा विश्वासको मत नपाए मुलुक निर्वाचनमा नै जाने उनको भनाई छ । उनले जनता समाजवादी पार्टी, नेपाललाई सरकारमा ल्याउनको लागि प्रयत्न भैरहेको पनि सुनाए । माधव नेपाल पक्षधर नेताहरुले अब एमालेमै फर्कने भनेर रियलाईजेशन गरेकोले नै सहमति भएको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्