Logo

हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर



वाग्मती प्रदेशको राजधानी हेटौँडा स्थित हेटौँडा अस्पतालमा शुक्रवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ । अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो उपकरण ल्याइएको हो ।

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ । यो लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीका लागि प्रयोग गर्न सकिन्छ । यसले एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन उपलब्ध गराउन सक्छ् ।

उनकैपहलमा छिमेकी जिल्लाबाट केही थान अक्सिजन सिलिण्डर आइपुगेको छ । थप सिलिण्डरहरु आउने बताइएको छ । अस्पतालमा अक्सिजनको कमी भएर सङ्क्रमितको ज्यान जाने अवस्था सृजना भएपछि मुख्यमन्त्री पौडेल दिनभर अक्सिजनको व्यस्थापन कार्यमा लागेका थिए।

विरामी उपचार गर्न नसक्ने

वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालीत चुरेहिल हस्पिटल प्रा.लि र मकवानपुर सहकारी अस्पतालले कोभिड १९को बिरामी उपचार गर्न नसक्ने जानकारी गराएको छ । दुवैले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड सङ्क्रमितको सङ्ख्या बढ्नु र अक्सिजनको सिलिण्डर अभाव भएकाले उपचार गर्न नसक्ने जनाएको हो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्